आदर्श लघुवित्तको रोक्का रहेको सेयर कारोबार खुल्यो

0
Shares

आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सेयर कारोबार फुकुवा गरिदिएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

आदर्श लघुवित्तको मंसिर ११ गतेको पत्रानुसार नेप्सेले संस्थाको आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार मंसिर १४ गतेदेखि फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

गत असोज १४ गते डिप्रोक्स लघुवित्तसँग प्राप्तीमा जाने सम्झौता गरेका आदर्श लघुवित्तको सम्झौतापछि सेयर कारोबार रोक्का भएको थियो ।
नेप्सेले बुधबार कारोबार फुकुवा गरेसँगै सो लघुवित्तका सेयरधनीले बिहीबारदेखि नै दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

लघुवित्तको सेयर नेप्सेमा अन्तिम पटक असोज ९ गते प्रतिकित्ता ३१८.७० रुपैयाँमा कारोबार भएपछि बन्द भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।