आइसिएफसि फाइनान्सको लाभांश ४ प्रतिशत घट्यो

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले आवको मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आव २०७७/७८ बाट आफ्ना सेयरधनीहरुलाईलाई चुक्ता पुँजीको दश प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा फाइनान्सले ४ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।