नेप्से परिसूचकमा दोहोरो अङ्कले बढ्यो

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर १ हजार ९६१ दशमलव ०६ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८२ अङ्कले उकालो लागेर ३८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक सेयर ८ करोड १३ लाख ५९ हजार ११५, हिमाल दोलखा हाइड्रोपावर ७ करोड ७१ लाख ९४ हजार २३५, हिमालयन डिस्टिलरी ७ करोड २ लाख १५ हजार ८५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था ४ करोड ४९ लाख ६० हजार ३२७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर ९ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५.०८, स्वाभिमान लघुवित्तको ४.९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.३९ प्रतिशतले कमाएका छन् ।

यस्तै सिटिजन म्युचुअल फण्ड–१ को ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावर २.६३, रुरु जलविद्युत् परियोजना २.५३, सयपत्री हाइड्रोपावर २.४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।