कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा १ करोड ८६ लाखको आवेदन परेको छ । सो आईपीओमा शुक्रबार साढे १ बजेसम्ममा ३९१ वटा आवेदन परेको हो ।
बिहीबार साँझसम्मममा २४२ जनाले आवेदन दिएकोमा शुक्रबार १४९ जनाले थप आवेदन गरेका हुन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर १६ गते शुक्रबार दिउँसो साढे १ बजेसम्ममा ३९१ जना आवेदक मार्फत कुल १ करोड ८६ लाख ९६ हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ९६० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकले औसतमा ४७८ कित्ताभन्दा बढी माग भएको हो ।
यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया