एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण नगर्ने भएको छ ।
बैंक सञ्चालक समितिको मंसिर १९ गते सोमबार सम्पन्न बैठकले नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । बैकले चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा को ८.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया