नेपाल चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बर अफ कमर्श


नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा यस्तो बताएका हुन् ।

नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कामहरु चेम्बरले गर्दै आएको उनको भनाई थियो । चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन लगायत क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने बताएका थिए ।

नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न चीनलाई चेम्बर अध्यक्ष श्रेष्ठले आग्रह गरे ।