घरको ड्रेनेज सिस्टम बलियो बनाउन मंगलम् प्रोड्रेन पाइप


घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लिने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी सङ्कलन वा निकास गर्नु हो ।

उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिमलाई रोक्न मद्दत गर्दछ ।

जल निकासी प्रणालीमा विभिन्न प्रकारका ड्रेनेज पाइपहरू प्रयोग गरिन्छ । गुणस्तरय पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपहरु जाम हुने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने जस्ता समस्याहरू आउने गर्दछन् ।

पाइपहरु भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्ता सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । त्यसैले निर्माणको क्रममा नै गुणस्तर प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।

बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमको ड्रेन पाइपहरु उपलब्द छन् । जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनको लागि भेन्ट पाइप, वर्षाको पानी सङ्कलनको लागि डाउनस्पाउट पाइपको प्रयोग गरिन्छ ।

मंगलम प्रोड्रेन पाइपहरू आईएसः१३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा टाइप ए र टाइप बी गरी दुई फरक प्रकारमा उत्पादन छन् ।

टाइप एका पाइपहरू भेन्टिलेसन र वर्षाको पानी सङ्कलनमा प्रयोग गरिन्छ भने टाइप बीका पाइपहरू माटो र फोहोर निकासी अनुप्रयोगहरूको लागि प्रभावकारी हुन्छ । यी पाइपहरू एकल सकेट र डबल सकेटको साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारहरूमा उपलब्ध छन् ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीपीइ पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) चिह्न पनि प्रमाणित छन् । यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।