मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) बिक्री गर्न अनुमति पाएको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई मंसिर १५ गते बिहीबार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।कम्पनीले कुल एक सय रुपैयाँ अंकित दरका ३५ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको ३५ लाख ३१ हजर कित्ता आईपीओ निष्कासन गर्न अुनमति पाएको छ ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया