कोभिडपछिका चुनौतीको सामान गर्ने कार्यमा सहयोग गर्न आइएलओलाई संघाईको आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासघको रोजगारदाता परिषद्का सभापति एवंं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरीरहेको बताएका छन ।

अन्तर्राष्ट्रिय श्रम संगठनको १७ औ एशिया-प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई आज विहान सिंगापुरमा संवोधन गर्दै रोजगारदाता परिषदका सभापति संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको स्पष्ट पारे ।

संवोधनको क्रममा उपाध्यक्ष संघाईले सन २०१६ मा इण्डोनेसियाको बालिमा सम्पन्न एशिया-प्रशान्त क्षेत्रको १६ औ वैठकपछि थुप्रै परिवर्तन भएको खासगरी महामारी र यसबाट परेको प्रभाव, सिर्जित चुनौती र कोभिडबाट भएको नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाई भईरहेको पनि बताए ।

विभिन्न कठिनाईका वावजुद नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगिकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्यवातावरणको सुधारको क्षेत्रमा जोड दिई काम गरिरहेको अन्तराष्ट्रिय समुदायलाई जानकारी समेत गराए ।

निजी क्षेत्रका सवै गतिविधिहरु दिगो विकासको लक्ष्य प्राप्तिलाई ध्यानमा राखी संचालन भईरहेको पनि उनले उल्लेख गरे । हाम्रा सम्पूर्ण गतिविधिहरू दिगो विकास लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनहरूसंग सामाजिक संवादमार्फत सहकार्य गरिरहेका छौं, सभापति संघाईले भने ।

संचार प्रविधिको बढदो प्रयोगले कामको स्वरुपमा परिवर्तन भईरहेको र यसबाट श्रम बजारमा प्रभाव पर्नुको साथै सीपयुक्त जनशक्तिको आवश्यकता रहेको धारणा राख्दै उनले उत्पन्न चुनौतीको सामना गर्न तथा व्यवसायलाई दिगो बनाउन नीतिगत सुधारको आवश्यकतामा जोड दिए ।

एशिया प्रशान्त क्षेत्रका देशहरू आर्थिक वृद्धिका विभिन्न चरणहरूमा रहेका र, यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रवद्र्धन गरी बलियो अर्थतन्त्र निर्माण गर्नका लागि यस प्रकारको क्षेत्रीय बैठक र राष्ट्रहरूबीचको सहकार्य एशिया प्रशान्त क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण र लाभदायी हुने धारणा संघाईको थियो ।

दिगो विकास र श्रम बजार स्थायित्वका लागि कोभिड–१९ पछिको परिदृश्यमा चुनौतीहरूको सामना गर्नका लागि देशहरूलाई सहजीकरण गर्न थप रणनीतिक पहल र समर्थनका साथ अगाडि आउन सभापति संघाईले आइएलओलाई अनुरोध समेत गरे।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।