थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १६ गते साधारण सभा बस्ने निर्णय गरेको हो ।
साधारण सभा जर्मन होम्स प्रालि गठ्ठाघरमा दिउँसो २ बजे डाकिएको छ । सभामा कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । यस्तै सार्वजनिक निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग गर्ने स्म्बन्धमा निर्णय गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरुमा छलफल गरी पारित हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया