पाँचथर पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया