पुर्वाधारको क्षेत्रमा काम गर्ने आर.के.डी. होल्डिंग्सले डिबेञ्चर जारी गर्ने

0
Shares

पुर्वाधारको क्षेत्रमा काम गर्ने पोखरामा रहेको आर.के.डी. होल्डिंग्स लिमिटेडले डिबेञ्चर जारी गरेर पुँजी जुटाउने भएको छ ।

कम्पनीले डिवेञ्चर जारी गर्ने सम्बन्धमा निर्णय गर्न पुस ११ गते सोमबार बिहान १० बजे वइट हाउस सेरेन प्यालेस, सिर्जना चोक, पोखरामा विशेष साधारण सभा बोलाएको छ ।

यस्तै कम्पनीले विशेष साधारण सभाबाट कम्पनीको कम्पनीको नियमावलीको नियम ९ मा भएको अग्राधिकार सेयर सम्बन्धी व्यवस्था संशोधन गर्ने तथा कम्पनीको प्रबन्ध पत्रको दफा ६ (क) र (ख) संशोधन गरी कम्पनीका अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्ध उपर छलफल गरी पारित गर्नेछ ।

कम्पनीको मंसिर २१ मा बसेको सञ्चालक समितिको बैठकले प्रस्तावहरू उपर छलफल गरी निर्णय गर्नका लागि सम्पूर्ण सेयरधनीहरुलाई सभामा उपस्थित हुन आह्वान गरेको छ ।

आर.के.डी. होल्डिंग्स लिमिटेडले टाउन प्लानिङ, सम्पत्ति बिक्री, सम्पत्ति व्यवस्थापन, घर जग्गा परामर्शदाता, निर्माण गतिविधिहरू, लगानी विविधिकरण आदीमा सेवा प्रवाह गर्दै आएको छ । यस्तै कम्पनीले रोपवे इन्जिनियरिङ्, रोपवे निर्माण, रोपवे परामर्शदाता, केबलकार उपकरण आपूर्ति, लगानी विविधता, विस्तृत परियोजना रिपोर्ट, ईकमर्सको क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

व्यावसायिक रूपमा केन्द्रित कम्पनीले पोर्टफोलियोमा पूँजीलाई आशाजनक क्षेत्रहरू र भौगोलिक क्षेत्रहरूमा परिचालन गर्ने गरेको छ । जसले कम्पनीको पर्याप्त बजार पूँजीकरण समेत बढेको छ । कम्पनीको प्राथमिक व्यवसायहरूमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, पन्चासे केबलकार एण्ड टुरिजम लिमिटेड र बिजबजार लिमिटेड रहेका छन् ।

सभागृहचोक पोखरा कास्कीमा कार्यालय रहेर सोही स्थानलाई व्यापारको प्रमुख स्थान बनाउँदै आएको आरकेडी होल्डिङ्स लिमिटेड (कम्पनी) सुरुमा कम्पनी रजिस्ट्रारको कार्यालयमा आरकेडी रियल इस्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाममा दर्ता भएको थियो । कम्पनीको मुख्य उद्देश्य नेपालको भूभाग भित्र घरजग्गा र निर्माण, वित्तीय सेवा, आतिथ्य र प्रविधि सम्बन्धी कार्यमा डिल गर्नु रहेको छ ।

रामचन्द्र शर्मा अध्यक्ष रहेको कम्पनीका बोर्ड अफ डाइरेक्टरमा किरण पोखरेल, धर्मराज भण्डारी, धनप्रसाद उपाध्यय, अम्बिका प्रसाद पौडेल, सबिना आचार्य र बाबुराम अर्याल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।