सनिगाड हाइड्रोले साढे ६७ करोड बराबरको आईपीओ जारी गर्ने

0
Shares

सनिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणहरुको लागि साढे ६७ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले सन्राइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि प्रतिकित्ता एक सय रुपैयाँ अकिंत दरको ६७ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

कम्पनीको जारी पूँजी २ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।