अपर तामाकोशीले साढे दश अर्बको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढायो

0
Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड को १:१ को अनुपातमा अर्थात (१ कित्ता बराबर १ कित्ता सेयर) का दरले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

जसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीका साबिकका शेयरधनीहरूलाई प्रति सेयर एक सय रुपैयाँ अंकित दरले दश अर्ब ५९ करोड बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।