हुन्डाईको ईभीलक्षित हाइ-भोल्टेज ब्याट्री जाँच क्याम्प सुरु

0
Shares

हुन्डाईका सवारीसाधनको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पाँचदिने हुन्डाई ईभी हाइ–भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको छ।

सोमबारदेखि सुरु भएको ‘बि द चेन्ज’ क्याम्पेनमा हुन्डाईका विद्युतीय सवारीधनीले फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ। यसबाट खास गरी ३०० को संख्यामा रहेका कोना र आयोनिक ईभीका सवारीधनीले लाभ उठाउने आशा गरिएको छ।

आफ्ना गाडीको प्राविधिक अवस्था र ब्याट्रीको स्वास्थ्य अवस्थाबारे सवारीधनी र कम्पनीलाई नजिक ल्याउन क्याम्प आयोजना गरिएको हो। तालिमप्राप्त प्राविधिकले सवारीको परीक्षण गर्नेछन्।

ब्याट्री जोगाउन क्याम्पमा विभिन्न उपायहरु सवारीधनीलाई जानकारी गराइनेछ। यसमा सफ्टवेयर, ह्युमनवेर र हार्डवेरको तयारीस्वरुप क्याम्प आयोजना गरिएको हो। हप्ता दिन लामो क्याम्प थापाथलीस्थित हुन्डाईको ईभी शोरुममा आयोजना हुनेछ।

बि द चेन्जमार्फत कम्पनीले सामाजिक आर्थिक र प्राविधिक धेरै प्रकारका क्याम्पेनहरु कम्पनीले आयोजना गरिरहेको छ।

हुन्डाईले देशैभर ४० चार्जिङ स्टेसन स्थापना गरेको छ। कम्पनीका १७ वटै शोरुममा चार्जिङको व्यवस्था छ। कम्पनीले सन् २०१९ मा कोना विद्युतीय कार ल्याएको थियो भने भर्खरै आयोनिक ५ पनि ल्याएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।