एभरेष्ट इन्सुरेन्सको व्यवसाय विस्तार हुँदै, बीमा शुल्क आर्जन तथा नाफा बढ्यो

0
Shares

एभरेष्ट इन्स्योरेन्सले क्रमिक रुपमा व्यवसाय विस्तार गर्दे लगेको छ । जसले गर्दाको कम्पनीको बीमा शुल्क आर्जनसँगै नाफा तथा बीमाकोषमा समेत बढोत्तरी आएको छ। इन्स्योरेन्सको खुद बीमा शुल्क २०.६५ प्रतिशतले वृद्धि हुँदा खुद नाफा ३३८.१० प्रतिशतले बढेको हो।

आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमासमा इन्स्योरेन्सले ११ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको यसै अवधिमा यस्तो आय ९ करोड ८८ लाख थियो । इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ३ करोड ९० लाख, लगानी कर्जा तथा अन्य आयबाट ८३ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ। 

कम्पनीले गत असोज मसान्तसम्म २५ हजार ८५७ बीमा लेख जारी गरेको छ । गत बर्षको यहि अवधिमा यस्तो संख्या १९ हजार ७१४ थियो।
असोजमसान्तसम्म कम्पनीले २५ करोड ७१ लाख कूल बीमा शुल्क आर्जन गरेको छ । भने यसअवधिसम्म १० करोड २८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ २ हजार ३२७ दाबी वापत ९९ करोड २१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।

यसअवधिमा चुक्ता पुँजी ७२० प्रतिशले बढेर १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड १२ लाख रुपैयाँ, र बीमा कोषमा २३ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

एभरेष्टको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४७ पैसामा छ र मूल्य आम्दानी अनुपात ३०.६३ गुणा बढी छ।