बाराही हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ९५ प्रतिशत आवेदकको हात खाली हुने गरी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिन अनुसार मंसिर २१ देखि २६ गते साँझसम्मको तथ्याङ्क अनुसार आईपीओमा कुल १२ लाख ४६ हजार ५३ जना आवेदन परेको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिने बाँडफाँडमा ५ लाख १५ हजार २२० कित्ता सेयर गोलाप्रथाबाट ५१ हजार ५२२ जनाले मात्र पाउनेछन् । जुन अन्तिम दिनसम्म परेको आवेदक संख्याको ४.१३ प्रतिशत मात्र हो । यसअनुसार ११ लाख ९४ हजार ५३१ आईपीओ आवेदकले सेयर पाउनेछैनन् । यो भनेको ९५.८७ प्रतिशत हो । रितपुर्वक नपरेका तथा दोहोरो अयोग्य आवेदक रद्द गर्दा पनि कम्पनीको आईपीओ ५ प्रतिशतभन्दा बढीले पाउनेछैनन् ।
कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मगिएको थियो ।

सर्वसाधारणबाट १२ लाख ४६ हजार ५३ वटा आवेदन मार्फत १ अर्ब ४१ करोड ९० लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ९० हजार ७१० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको २७.५४ गुणा हो ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया