नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजार बढी स्थानबाट भुक्तानी लिन सकिने

0
Shares

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्टको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे ।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनलको मुख्य प्रतिनिधि भएको छ ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

विगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देशभर १० हजार भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र विगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५ हजार स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७९, बिहिबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।