युनाइटेड इन्स्योरेन्सले पारित गर्यो अन्य कम्पनीसँग मर्जरमा जाने प्रस्ताव

0
Shares

युनाइटेड इन्स्योरेन्स अन्य कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने भएको छ। मंगलबार सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाले मर्जरका लागि आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभाले भविष्यमा अन्य निर्जिवन बीमा कम्पनीसँग आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल-अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा मर्जर सम्बन्धी सम्पुर्ण प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजोम न्यूनतम एक अर्ब (१ अर्ब २ करोड ८१ लाख ) कायम भएको छ।