शिखर इन्स्योरेन्सले साढे ३८ करोड बढीको लाभांश बाँड्ने

0
Shares

शिखर इन्स्योरेन्सल (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट १६.८४१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

१६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।