यामाहाको दुई पांग्रे र स्कोडाको प्यासेन्जर भेहिकल बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेजको आम्दानी १ अर्बले बढ्यो

0
Shares

एमएडब्लु ग्रुपको लगानी रहेको एमएडब्लु इन्टरप्राइजेजको आम्दानी गत वर्षको तुलनामा एक अर्ब ४१ करोडले बढेको छ ।

नेपालका लागि यामाहा मोटर साइकल, स्कोडाको प्यासेन्जर भेहिकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता रहेको एमएडब्लु इन्टरप्राइजेजले सन् २०२२ मा १६ अर्ब ८५ करोड (अपरिष्कृत) आम्दानी गरेको छ । गत वर्ष कम्पनीले १५ अर्ब ४४ करोड (परिष्कृत) आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ९ प्रतिशतले बढेको छ ।

कम्पनीे सन् १९७५ बाट यमाहाका दुई पाङ्ग्रे सवारी साधन र सन् २००७ देखि स्कोडाका दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीको आम्दानीमा सुधार भएसँगै डिप्रिसियसन, अर्मोटाइजेसन, कर र ब्याज अघिको नाफा सञ्चालन आम्दानीको ६.७ प्रतिशत रहेको छ । यसअघि उक्त नाफा ५.८ प्रतिशत रहेको थियो ।

तथापि नेपाल सरकारले १५० सीसी माथिका बाइकहरुको आयातमा लगाएको प्रतिबन्धका कारण पनि कम्पनीले मनग्य आम्दानी गर्न सकेको छैन । साथै सरकारले दुई पाङ्ग्रे सवारी साधनको आयातमा ५० प्रतिशत क्यास मार्जिनको व्यवस्था गरेपछि पनि आयातमा समस्या उत्पन्न भएको छ ।

यमाहाका सम्पूर्ण बाइकहरु मध्ये सबैभन्दा रुचाइएको ब्रान्ड एफजेड सिरिज र रेजेडका स्कुटरहरु रहेका छन् । यी दुई मोडलमा मात्रै सिमित हुँदा पनि कम्पनीले अपेक्षा गरे अनुरुप आम्दानी गरेको छैन ।

एमएडब्लु इन्टरप्राइजेजका देशभर १०४ वटा डिलरहरु रहेका छन् । अग्रवाल परिवारले पारिवारिक व्यवसायका रुपमा सञ्चालन गरेको यस कमपनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल रहेका छन् ।

कम्पनीले ४ अर्ब २१ करोड अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले ए३ प्लस रेटिङ गरेको छ भने ‘वाच विथ नेगेटिभ इम्प्लीकेसन’को सूचीमा कम्पनीलाई वर्गाीकरण गरेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।