मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

0
Shares

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४.२१०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको गत पुस १ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अनुसार बैंकले ७६ करोड ३७ लाख १८ हजार ४१६ रुपैयाँ बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ४ करोड १ लाख ९४ हजार २७० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ रहेको छ । प्रस्तावित ७६ करोड ३७ लाख १८ हजार ४१६ रुपैयाँ बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख २७३ रुपैयाँ रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाइ वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको ४.२९ प्रतिशत कम हो । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।