पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया