अमेरिका बन्यो विश्वमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देश

0
Shares

सन् २०२१ मा विश्वका ११२ राष्ट्रहरु मध्य अमेरिका सबैभन्दा धेरै प्रत्यक्ष लगानी भित्र्याउने देश बनेको छ ।

अमेरिकाले सन् २०२१ मा ४ हजार ९७७ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी रुपमा देशमा भित्र्याएको छ । सन् २०२० को तुलनामा अमेरिकाको प्रत्यक्ष वैदेशिक लगानी ११.३ प्रतिशतले बढेको हो ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेको कोअरडिनेटेड डिरेक्ट इन्भेस्टमेन्ट सर्भेका अनुसार अमेरिकामा प्रत्यक्ष वैदेशिक लगानी सन् २०२० को तुलनामा सन् २०२१ मा ५०६ अर्ब डलरले वृद्धि भएको हो ।

प्रतिवेदनका अनुसार विश्वभरमा उच्च प्रत्यक्ष वैदेशिक लगानी भित्राउने शीर्ष १० देशहरुमा अमेरिका, नेदरल्यान्डस, चीन, लक्जेमबर्ग, बेलायत, हङकङ, सिंगापुर, आयरल्यान्ड, स्वीजरल्यान्ड र जर्मनी रहेका छन् ।

सन् २०२१ मा दोस्रो स्थानमा रहेको नेदरल्यान्डसले ४ हजार ३३१ अब डर्लर, तेस्रो स्थानको चीनले ३ हजार ५७८ अर्ब डलर, लक्जेमबर्गले ३ हजार ३२७ अर्ब, बेलायतले २ हजार ६१३ अर्ब, हङकङले १ हजार ९१४ अर्ब, सिंगापुरले १ हजार ७९२ अर्ब, आयरल्यान्डले १ हजार ३६८ अर्ब, स्वीजरल्यान्डले १ अर्ब २०८ अर्ब र जर्मनीले १ हजार ११७ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएका छन् ।

प्रत्यक्ष वैदेशिक लगानी ठूलो मात्रामा भित्रियता पनि त्यसको प्रभाव देशहरुको वास्तविक अर्थतन्त्रमा भने धेरै फरक पर्दैन । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वैदेशिक लगानीले देशको वास्तविक अर्थतन्त्रमा १० प्रतिशत पनि योगदान नपु¥याउने आइएमएफको ठहर छ ।

विदेशमा सञ्चालनमा आएका कम्पनीहरुले नाफा आर्जन गर्ने र उक्त नाफा अरु नै देशमा लगानी गर्ने गर्छन् । जसले प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांकमा वृद्धि गरेता पनि देशको अर्थतन्त्र सुधारमा ठूलो भूमिका नखेल्ने आइएमएफले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।