सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात सेयधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।