एनसीसी बैंकको बोनस सेयर सूचीकृत

0
Shares

नेपाल क्रेटिड एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको बुधबार ३७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको मंसिर २ गते सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाबाट ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन भएको थियो । सोही बोनस सेयर पुस ६ गते बुधबार सूचीकृत भएको हो ।

बैंकको उक्त बोनस सेयर बुकक्लोज मिति (कार्तिक १५ गते) को अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा आएपछि नेप्से मार्फत खरीद बिक्री गर्न सक्नेछन् । सभाबाट पारित भएको चुक्ता पुँजीको ७.६३३७ प्रतिशत (८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ) नगद लाभांश भने बैंकले यसअघि नै वितरण गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।