नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी २१ करोड, नाफा साढे १८ करोड

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९७ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ करोड ४४ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।

यस्तै १२ करोड ५९ लाख धितोपत्रमा लगानी गरेको छ । बैंकले कर्जा तथा धितोपत्रमा गरेर करिब २१ करोड लगानी गरेको छ ।

बैंकले यस अवधिमा ३१ करोड २४ लाख खुद ब्याज आम्दानी गरेको छ ।बैंकले अन्य बैंकहरुमा ७ अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेर राखेको छ भने ५ अर्ब ७३ करोड रुपैयाँ नगद राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २० पैसा र बैंकको कोषको लागत ९.४० प्रतिशत छ।

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक गत फागुन देखि संचालनमा आएको हो । बैंकलाई बाहिरबाट लगानी ल्याउन, परियोजना छनौट गर्न, स्रोतको चाहेअनुसार परिचालन गर्न बैंकलाई पूर्ण रुपमा जिम्मेवारी दिएको छ।

हाल १२ अर्ब रहेको बैंकले ८ अर्बको सार्वजनिक निष्काशन मार्फत चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ।