एनसेलले ३ लाख राशीको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिने

0
Shares

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।

एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् ।

महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आबद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ ।

आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागीतामा आइसिटी अवार्डको ग्राण्ड फिनाले हुँदैछ । उक्त फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आइसिटी अवार्ड वितरण गरिँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।