सुनको भाउ सामान्य बढ्यो, चाँदी पाँच दिनदेखि स्थीर

0
Shares

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ भने विगत पाँच दिनदेखि स्थीर रहेको छ ।

महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा २०० रुपेयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला १ लाख ७०० रुपैयाँमा तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार १ लाख रुपैयाँमा कारोबार तेजावी सुनको भाउ पनि तोलामा २०० रुपैयाँले बढेर मंगलबार १ लाख २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनकै भाउ हो । पुस ८ गते शुक्रबारदेखि चाँदीको एउटै भाउमा कारोबार हुँदै आएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हुआज प्रतिऔँस अमेरिकी डलर १८०५ तथा चाँदी २३.९४ डलरमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।