अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका पोखरेललाई सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पदमा अधिवक्ता पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् । हिजो (सोमबार) महान्यायाधिवक्ता खम्मबहादुर खातीले राजीनामा दिएपछि सरकारले अधिवक्ता पोखरेललाई सिफारिस गरेको हो ।
महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।
महान्यायाधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । संवैधानिक कानुनका जानकार पोखरेलले केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गैरसंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा बहस गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया