आज बिहीबार एकैदिन तीन लघुवित्त सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सबै कम्पनीले तोकेको बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने भएकाले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
फस्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सले गत आवको नाफाबाट प्रस्तावित लाभांश पाउन आजसम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।
कुन कम्पनीको लाभांश कति ?
फस्ट माइक्रोफाइनान्सः चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश
१३ औं वार्षिक साधारण सभाः पुस ३० गते अम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे
फरवार्ड माइक्रोफाइनान्सः चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश
१० औं वार्षिक साधारण सभाः पुस ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठान, सुनसरीमा दिउँसो १ बजे
आरएसडीसी लघुवित्तः चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद लाभांश
९ औं वार्षिक साधारण सभाः पुस २९ गते एशियन होटल, बुटवलमा बिहान ९ बजे
युनाइटेड इन्स्योरेन्सः चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९ प्रतिशत नगद लाभांश
२९ औं साधारण सभाः पुस २७ गते अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे
कालिका पावरः चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.७८९५ प्रतिशत नगद लाभांश
साधारण सभाः पुस २९ गते कम्पनीको रजिष्टार्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे
सेन्ट्रल फाइनान्सः चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश
२६ औं वार्षिक साधारण सभाः पुस २९ गते कम्पनीको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान १० बजे
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया