मोरंग व्यापार संघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटगरी समसामयिक समस्या समाधानका लागि अनुरोध गरेको छ । उनीहरुले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि अनुरोध गरेका हुन ।
भेटवार्ताका क्रममा संघ अध्यक्ष नविन रिजालले प्रधानमन्त्री समक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी/व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे जानकारी गराएका थिए । उनले ती समास्यको समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन प्रधामन्त्रीलाई अनुरोध समेत गरेका छन ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलको आग्रहमा नेपाल राष्ट्र बैंक विराटनगर अगाडिको धर्नालाई स्थगन गरी वार्ताका लागि काठमाडौं गएको सो टोलीले यस अघि अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिवसँग वार्ता गरी विद्यमान समस्याहरु निराकरणार्थ सुझाव पत्र पेश गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया