भारतीय अटोमेकर कम्पनी-मारुती सुजुकी एरिनाभर्स लञ्च गर्ने तयारीमा

0
Shares

भारतीय अटोमेकर कम्पनी मारुती सुजुकीले एरिनाभर्स लञ्च गर्ने तयारी गरेको छ।

एरिनाभर्समा मानिसहरुले आफूलाई मन परेको मारुती सुजुकीका एरिना मोडलका कारहरुको भर्चुअल रुपमा अनुभव लिन सक्ने छन् ।

यस अघि कम्पनीले आफ्नो नेक्सा मोडलका कारहरुको नेक्साभर्स लञ्च गरिसकेको छ । नेक्साभर्सको सफलता पछि कम्पनीले एरिनाभर्स पनि लञ्च गर्ने तयारी गरेको हो ।

एरिभर्स प्लेटफर्म मार्फत ग्राहकहरु भर्चुअल शो रुममा जाने छन् र आफूलाई मन पर्ने कारको बारेमा बुझ्न सक्ने छन् । एरिनाभर्समा कम्पनीका सेल्स प्रतिनिधिहरु उपस्थित हुने छन् र उनीहरुबाट नै आवश्यक जानकारी ग्राहकवर्गाले लिन सक्ने छन् ।

एरिनाभर्स कै माध्यमबाट ग्राहकहरुले आफूलाई मन परेको कारको कलर कस्टुमाइज गर्ने देखि विभिन्न फिचरहरु उपयोग गर्न पाउने छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।