नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार थाल्ने

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले यहि पुस २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । केन्द्रीय बैंकबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको १ महिनाभित्र दुबै संस्था एक आपसमा गाभिएर एकीकृत रूपमा वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भई ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट संयुक्त कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएका हुन् ।

बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ । यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंकलाई दिने समझदारी रहेको छ । गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १, दरबारमार्गमा रहनेछ । गाभ्ने–गाभिने गाभ्ने–गाभिने (मर्जर) क्रममा दुवै संस्थाबीच निर्धारित सेयर स्वाप अनुपात अनुसार पुँजी मिलान गर्दा आएको बार्गेन पर्चेज गेनलाई गाभ्ने संस्थाले विद्यमान लेखामान अनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पूँजीगत जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पुस १४ गते बिहीबार बसेको बैंठकले इन्भेष्टमेन्ट र मेगाको मर्जर तथा प्राप्तीका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । जसको जानकारी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस १७ गते दुबै बैंकलाई दिएको हो ।

दुई बैंकबीत गत जेठ २७ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले असार २२ गते दुई बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो । दुबै बैंकको पुस ७ गते सम्पन्न साधारण सभाले अन्तिम पटक मर्जर प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै यी दुबै बैंकले पुस २७ गतेलाई एकीकृत कारोबार गर्ने भएका हुन् ।

हाल मेगा बैंकको सेयरधनीले मर्जरपछि बन्ने बैंकमा हाल कायम १०० कित्ता बराबर ९० कित्ता (१०ः९) को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुनेछ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने एकीकृत बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर(एक्वीजिसन त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ । नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एकआपसमा गाभ्न गाभिनको लागि सम्झौंता गरेका थिए । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

कुमारी र एनसीसी बैंकबीच मर्जर भएर पुस १७ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।