सेयर बजारले बुलिस ट्रेन्ड कायमै राख्दा लगानीकर्ताहरुमा बजारमा ठूलो करेक्सन नआउने आशा पलाएको छ ।
नयाँ अर्थमन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछि सोमबारका बजारमा १७.९५ अंकसम्मको करेक्सन आएकोमा पुनः बजार फर्किपछि लगानीकर्ताको मनोबल थप बलियो बनेको हो । ‘इन्ट्रा डे करेक्सन’ बाट अगाडि बढेपछि बजार थप सबल बनेको छ । अर्थमन्त्रीको नेतृत्वमा यसअघि हरेक पटक बजारले उच्चतम बिन्दु कायम गरेको ट्रयाक रेकर्डका कारणपनि पुस मसान्त नजिकिँदा समेत बजार लयमा नै रहेको हो ।
सोमबार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । २५३ कम्पनीका ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर ४८ हजार ५०३ वटा संख्यामा खरिद बिक्री भएको हो । यस दिन नेप्से परिसूचक १७.५६ अंक बढेर २०६३.८३ बिन्दुमा पुगेको हो। त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले बढेको छ छ। नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८ करोडले घटेको हो ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २ हजार ९६१ वटा संख्याको कारोबारबाट १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको सेयर खरिद बिक्री भयो । यस्तै एचडिएल १६ करोड ६४ लाख, एनआईसी एशिया बैंक ११ करोड १४ लाख, नेपाल टेलिकम ८ करोड ३५ लाख र युनिभर्सल पावर कम्पनीको ७ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरे कित्ता कारोबार भएको कम्पनीको ३ लाख १८ हजार ७६३ कित्ता सेयर कारोबारमा आएको हो ।

कारोबारमा आएका चार कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त १० प्रतिशत, श्रृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । धौलागिरी लघुवित्त १० प्रतिशत, श्रृजनशील लघुवित्त १० प्रतिशत, खप्तड लघुवित्त ९.९९ प्रतिशत र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा ९.९८ प्रतिशतले बढेकाे छ ।
प्रभु इन्स्योरेन्स, युनाईटेड इर्दी मर्दी, दोर्दी खोला, युनाईटेड इन्स्योरेन्स, बुद्धभूमि नेपाल, सिंगटी हाईड्रोपावरको सेयरमूल्य पनि उकालो लागेको छ । प्रभु इन्स्योरेन्स ९ प्रतिशत, युनाईटेड इर्दी मर्दी हाइड्रोपावर ८.५३ प्रतिशत, दोर्दी खोला ८.४६ प्रतिशत, युनाईटेड इन्स्योरेन्स ७.८९ प्रतिशत, बुद्धभूमि नेपाल हाईड्रोपावर ७.४६ प्रतिशत, सिंगटी हाईड्रोपावरको सेयरमूल्य ७.२९ प्रतिशतले उकालो लागेको हो ।
एनएमबि–५० को इकाई र नेपाल टेलिकमको सेयरमूल्य करिब पाँच प्रतिशतले घटेको छ । एनएमबि ५० को इकाईमूल्य ४.८० प्रतिशतले घटेको छ । नेपाल टेलिकमको ४.१०, नेपाल इन्भेष्टमेन्ट बैंकको ३.९६, नेपाल बैंकको २.५६ र तेह्रथुम पावरको २.४५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य सूचक घटेको छ भने बाँकी सबैमा हरियाली छाएको छ । सर्वाधिक आज ब्यापार इन्डेक्स ३.५२ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स ३.०६ प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया