देशका विभिन्न ठाउँमा “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ ।

महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम सचालन भएको हो । पुस ४ गतेबाट शुभारम्भ भएको यो अभियान गएको हप्ता पोखरा, बेनी, बुटबल, लम्की, चन्द्रगढी, वीरगञ्ज र बेलौरीमा पनि सम्पन्न भएको छ ।

पुस १६ गते बुटबलको ग्रिन भ्यालि पार्टि प्यालेसमा लक्ष्मी रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जनाको सहभागिता थियो । शाखा प्रमुख गणेश भुसालले सञ्चालन गरेको कार्यक्रममा आर्यन खान र मार्केटिङ मेनेजर यम लाल न्यौपानेले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले ल्याएको यो अभियानले सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी सोहि दिन बेनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका अध्यक्ष दिल कुमारी घर्तिले महिलाहरुको तालिम र रोजगारीमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला, बेनी अस्पतालका डा. विराज आचार्य, कम्पनीको धौलागिरी प्रमुख जमुना आचार्य र समाजसेवी नीरमाया पुर्जा पुन गुरुङले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

पुस १७ गते आइतबार बेलौरी उद्योग वाणिज्य संघको भवनमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ५५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य विन्द्रावती रानाले गरेका थिए । कम्पनीका कार्यालय प्रमुख प्रदिप तिवारीले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी बोहोरा र कार्यक्रमको महत्व बारेमा क्षेत्रिय प्रमुख हर्क बहादुर बोहोराले जानकारी गराएका थिए ।

पुस १६ गते नै महिला सशक्तिकरण सम्बन्धी छुट्टा छुट्टै कार्यक्रम पोखरा, लम्की, चन्द्रगढी र वीरगञ्जमा पनि सम्पन्न भएको छ । समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय वृद्धिको यो कार्यक्रमले महिलाहरुको आत्मबल बढाउन र सशक्तिकरणमा ठुलो योगदान दिने बताइएको छ ।

महालक्ष्मी लाईफले यो कार्यक्रम आव २०७९।८० भित्र ३० जिल्लामा सञ्चालन गरी ६० जनालाई प्रत्येक्ष र ३ हजार जना लाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।