ट्वीटरले पुनः राजनीतिक विज्ञापन सुरु गर्ने

0
Shares

सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापन पुनः सुचारु गर्ने भएको छ ।

यस अघि सन् २०१९ मा कम्पनीले राजनीतिक सन्देशको पहुँच वृद्धिका लागि पार्टी तथा नेताहरुले जनताको विश्वास कमाउनुपर्छ, सामाजिक सञ्जालमा कारोबार गर्ने होइन भनी राजनीतिक विज्ञापन बन्द गरेको थियो ।

तथापि एलन मक्सले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेपछि बन्द गरिएको राजनीतिक विज्ञापन पुनः सुरु गरेका छन् ।

मक्सले ट्वीटर खरिद गरेपछि आम्दानी संकलन नीतिको विषयमा ठूलो परिवर्तन गरेका छन् । उनले विज्ञापनदाताहरुबाट मात्रै नभई प्रयोगकर्ताहरुबाट पनि भुक्तानी लिने निर्णय गरेका छन् ।

विज्ञापनदाता कम्पनीहरुले विज्ञापनको सङ्ख्या कम गरिरहेको र प्रयोगकर्ताहरुबीच असन्तुष्टि बढिरहेको समयमा मक्सले आम्दानी वृद्धिका लागि राजनीतिक विज्ञापन सुरु गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।