नेपाल एग्रो लघुवित्तमा आवेदन गरेका ५ प्रतिशत आवेदकले मात्र शेयर पाउने

0
Shares

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन गरेका एक सय जना आवेदकमा पाँच जना आवेदकले मात्र शेयर पाउने भएका छन् । आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेपछि ज्यादै न्यून संख्यामा मात्र आईपिओ पाउने देखिएको हो ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा वैशाख १७ गते मंगलबार बिहान ९ बजे उक्त आईपिओ बाँडफाँड गर्न लागिएको हो।

बिक्री प्रबन्धकका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड हुनेछ। यसअनुसार १५ हजार १२० आवेदकले मात्र गोलाप्रथाबाट उक्त शेयर प्राप्त गर्नेछन्। यो बैध आवेदकको ४.८० प्रतिशत मात्र हो। बैध आवेदकको ९५.२० प्रतिशत अर्थात दुई लाख ९९ हजार ८०५ आवेकदको हात खाली हुनेछ।

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । जसमा तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा २ हजार ४८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको हो।