नेको इन्स्योरेन्स लिमिटेडले माघ १५ गते २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीले माघ १५ गते लिसारा रिसेप्सन नक्साल काठमाडौँमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ३ गते मंगलबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार माघ २ गते सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया