गोल्यानको अध्यक्षतामा सिबिफिनको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

0
Shares

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

“उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ पौष २४ गते सिबिफिनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको देहायको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका हुन्।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष्य पवनकुमार गोल्यान ,वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह,उपाध्यक्षमा राजेश उपाध्याय, राजनसिंह भण्डारी महासचिव, तुल्सीराम अग्रवाल कोषाध्यक्ष,कुश प्रसाद मल्ली सचिव ,प्रचण्ड बहादुर श्रेष्ठ सह कोषाध्यक्ष चयन भएका हुन्।

सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल ,लिला प्रकाश सिटौला, मोतिलाल दुगर, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल, हिरेन्द्र मान प्रधान चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा र्पुयाउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा र्पुयाउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।