विद्युत बिक्री घटेपछि चिलिमेको नाफामा गिरावट, अन्य खर्च बढ्दा झन दबाब

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ करोड ७० लाख नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १९ प्रतिशत कम हो ।

गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २६ करोड ७८ लाख खुद नफा कमाएको गरेको थियो। विद्युत बिक्री वापतको आम्दानी घटेपछि कम्पनीको नाफा घटेको हो ।

यस अवधिमा बिजुली बिक्री गरेर कम्पनीले ३५ करोड १० लाख आम्दानी गरेको छ। गत बर्षको यसै अवधिमा ३६ करोड १६ लाख आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २० प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड पुर्याएको कम्पनीको नाफा घटेपछि प्रतिशेयर आम्दानी साढे ३२ प्रतिशतले घटेर १८ रुपैयाँ २४ पैसामा सिमित भएको छ ।

विभिन्न कम्पनीमा ५ अर्ब ९३ करोड लगानी गरेको कम्पनीको बैंक निक्षेप मात्रै १ अर्ब ५१ करोड छ। गत आर्थिक बर्षको तुलनामा यो निक्षेप करिब ४७ प्रतिशतले बढी हो। कम्पनीको कर खर्च ५० प्रतिशतले बढेको छ । कम्पनीले ५ करोड ५६ लाख करमा खर्च गरेको छ ।

यस्तै प्रशासनिक तथा संचालन खर्च बढ्दा नाफा झन प्रभावित भएको देखिन्छ।