स्वरोजगार लघुवित्तको लाभांश घोषणा

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।