क्रिप्टोकरेन्सीको कारोबारमा नेपाल १६ औं स्थानमा

0
Shares

नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गरे पनि क्रिप्टोकरेन्सी कारोबार गर्नेमा नेपाल १६ औं स्थानमा पुगेको छ ।

कोइनडेस्क नामक बेवसाइटलाई उदृत गर्दै विविसी नेपालीले कोइनडेस्क २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सनको आधारमा नेपालमा १६ औं स्थानमा पुगेको जनाएको छ । युके र इण्डोनेशिया जस्ता देशहरु नेपाल भन्दा मुनि छन् ।

ब्लकचेन सम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी “चेनएनलिसिस” ले उक्त इण्डेक्स प्रकाशित गरेको विविसी नेपालीले जनाएको छ । कम्पनीले विश्वका ७० वटा मुलुकमा सरकारी तथा आर्थिक निकायका लागि डेटा अनुसन्धान सहितको सेवा प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले विस २०७४ सालमा नै क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अवैध घोषणा गरेको हो । बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ।

त्यस्तै गत साता नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिदै क्रिप्टोकरेन्सी तथा अनलाईन कारोबार गर्ने खालको वेवसाइट बन्द गर्न भनेको छ ।

तर, इन्टरनेट सेवा प्रदायक संघले भने प्राधिकरणले निर्देशन दिए पनि सबै कुरा सेवा प्रदायकको नियन्त्रणमा नहुने जनाएको छ । डीएनएस ब्लक लगायतका प्राविधिक पोइन्टमा ब्लक गर्न सम्भव नहुने संघको भनाई छ ।

सेवा प्रदायकले यस्तो वेवसाइट बन्द गरे पनि वेबसाइट र एप्लिकेशनहरु भीपीएनबाट खोल्न मिल्ने भएकोले क्रिप्टोकरेन्सी र अनलाइन वेटिङ पूर्णत: नियन्त्रण गर्न भने असम्भव हुने संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।