आँधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत

0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

लघुवित्तको शुक्रबार १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर शुक्रबार सूचीकरण गरिएको हो ।

शुक्रबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धीत लगानीकर्ताको सेयर डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

लघुवित्तले २०७८ पुस ३० गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाका लागि पुस ३ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरेको थियो । सा अनुसार २०७८ पुस २ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

आर्थिक वर्ष २०७८।७९ को नाफाबाट भने लघुवित्तले हालसम्म लाभांश प्रस्ताव गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।