शिवम् सिमेन्ट्सको लाभांश पारित, गौरव गोयल अध्यक्ष चयन

0
Shares

शिवम् सिमेन्ट्सका सातौं वािर्षक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित गरेको छ । सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको छ।

उक्त सभाबाट आ.व. २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ माघ २०७९, आइतबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।