सपोर्ट लघुवित्तले घोषणा गर्‍यो लाभांश

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तीय संस्थाको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशमध्ये चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ७३६।८४ रुपैयाँ नगद गरी कुल ९९ लाख ३४ हजार ७३६ रुपैयाँ ८४ पैसा लाभांश बाँड्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।