मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस

0
Shares

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) मा बीमा गरेका बीमितले प्रतिहजार अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
मेट लाइफले आर्थिक वर्ष २०७८/७९ को बीमांकीय मूल्याङ्कनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

जसअनुसार कम्पनीबाट २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । उक्त बोनसदर बीमितले बीमांक रकममा बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजारमा निर्धारण गरिएको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा सहभागि हुने बीमितले प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा १५ वर्षसम्म अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन् ।

यसैगरी शिक्षा संरक्षण बीमा योजनामा पनि कम्पनीले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकिएको छ । जसमा १५ वर्ष अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी योजना (सावधिक जीवन बीमा) का बीमितले न्यूनतम ४५ देखि ६५ रुपैयाँ बोनस पाउने छन् । जसमा १५ वर्ष अवधिको बीमा योजनामा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ६५ रुपैयाँ पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।