लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ छ । जसको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
लघुवित्तले १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर तथा करसहित ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया