आरएसडिसी लघुवित्तको व्यवसायसँगै बढ्यो नाफा

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवसायसँगै नाफा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ६२.३४ प्रतिशत बढेको हो ।

दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रुपैयाँ छ । चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा पुगेको छ ।

जगेडा कोषमा १० करोड ९४ लाख तथा सेयरधनी कोषमा १५ करोड १८ लाख ५७ हजार सञ्चित रहँदा प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ७ रुपैयाँ ५८ पैसा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १०८.५३ प्रतिशत, लघुवित्तको सापटी २४.०३ प्रतिशत, कर्जा २२.०६ प्रतिशत, खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत, सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ ।

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी बढेर १४ करोड ७५ लाख रुपैयाँ र सञ्चालन मुनाफा११ करोड ३४ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म लघुवित्तले ५ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.१८ प्रतिशत, मूल्य आम्दानी अनुपात ३०.९७ गुणा र कुल सम्पत्तिको मूल्य ६११ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।