नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार दुई अर्ब कायम

0
Shares

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार बढाउन नेपाल धितोपत्र बोर्डल स्वीकृति दिएको छ ।

बोर्डले फण्डको आकार बढाएर २ अर्बसम्मको इकाई निष्कासन गर्न स्वीकृति दिएको क्यापिटलले जनाएको छ । यो साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ हो ।

हाल योजनाको आकार १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम उक्त इकाई जारी गरीसकिएको छ । पुस १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी बोर्डले स्वीकृत दिएसँगै योजनाको आकार २ अर्ब कायम भएको छ ।

योजनाले पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरेको छ । जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजना मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ बर्ष अघि यस योजना २० करोडको आकारमा संञ्चालनमा आएको थियो ।

त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिकोउच्च आकर्षणका कारणले हाल १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।